
जनकपुरधाम : जनकपुरधाम स्थित श्री गणेश युवा किमिटीको सप्ताहव्यापी २३ औं वार्षिकोत्सव कार्यक्रम अन्तर्गत चौथोे दिन कबिर श्री जानकी बृद्वाश्रममा खाद्यान्न समाग्री वितरण गरिएको छ । प्रदेश २ सांसद परमेश्वर साहको विशेष उपस्थितीमा कमिटीले सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम ‘श्री गणपति सप्ताह २०७८’ अन्तर्गतको पाँचौ दिन बृद्वाश्रममा बस्ने बृद्वा आमाहरुसंग आर्शिवाद पनि लिने र केहि सहयोग गर्ने मनसायले सो खाद्यान्न समाग्री वितरण गरेको कमिटिका अध्यक्ष सन्तोष महतोले बताए ।प्रदेश सांसद साहले मिथिला र हिन्दु समाजमा बृद्वाश्रम शोभनिय नभएपनि बेसाहाराको साहारा भएकाले राज्यले आश्रमकी बृद्वाहरुको जिम्मेवारी लिनु पर्ने बताए । अन्य वक्ताहरु समाजसेवी अमरचन्द्र अनिल, आश्रम सञ्चालन समितिका सदस्य सुरेश कोइराला जनकपुरधाम जेसिज २०२२ का अध्यक्ष राजकुमार साह सहितकाले बृद्वाश्रमको सञ्चालन तथा चुनौतीहरुको विषयमा प्रकाश पार्नुका साथै गणेश युवा कमिटि सहितका युवा कमिटिहरुले गर्ने गरेको सहयोगको प्रशंसा गरेका थिए ।
कार्यक्रममा कमिटीका निर्देशक पुरन साह, पुर्व अध्यक्ष सुरेन्द्र कुमार भण्डारी, सन्तोष कुमार साह, उपाध्यक्ष संजय साह, महासचिव बलराम साह सहितको उपस्थिती थियो । मंगलवार कमिटिले पाँचौ दिन रक्तदान तथा स्व. पत्रकार उमासिंहको स्मृतीमा महिला पत्रकारलाई सम्मान कार्यक्रम गर्दैछ । यस अघि किमिटीको सप्ताहव्यापी २३ औं वार्षिकोत्सव कार्यक्रमको तेस्रो दिन आइतवार कबिर बालआश्रममा राहत समाग्री वितरण गरिएको छ ।
कमिटिका पदाधिकारीले चिसोमा आश्रममा रहेका बालबालिकाहरुलाई समस्या नहोस भन्ने उद्देश्यले न्यानो कपडा, जलावन, खाद्य समाग्री सहितको सरसमानहरु आश्रमका गुरु सन्त आलोकलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा कमिटीका वरिष्ठ निर्देशक शिवशंकर साह हिराले बालआश्रम सञ्चालन र सहयोगमा राज्यको ध्यान जानुपर्ने बताए । कार्यक्रममा कमिटिका अध्यक्ष सन्तोष महतो, पुर्व अध्यक्ष सुरेन्द्र सिंह, जउनपा वडा नं. १ का वडा अध्यक्ष सत्रुधन प्रसाद साह, सहयोगी जमुना भुजेल सहितको उपस्थिती थियो ।