राजविराज :  सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौतास्थित इँटा उद्योगको बन्डीवाल भत्किँदा आज एकजना महिला कामदाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ बस्ने ५० वर्षीय जतरीदेवी सरदार रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

विशाल इँटा उद्योगमा काम गर्ने सरदार काँचो इँटा पकाउनका लागि चाङ लगाउने क्रममा छेउको वाल भत्किँदा उनी च्यापिएकी थिइन् ।

उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराजमा भर्ना गरे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, इँटा उद्योगको बन्डीवाल भत्किँदा अग्निसाइर कृष्ण सावरण गाउँपालिका–४ बस्ने ५० वर्षीय मङ्गल सदा र भारतको राबेरली मधुवन बस्ने ४० वर्षीय रमेशकुमार लौउदी घा’इते भएका छन् ।

विभिन्न भागमा चोटपटक लागि घाइते भएका उनी दुवै जनाको उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७८ पुष २६, सोमबार १९:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय