
नेपालवाणी रिपोर्टस्,
जनकपुरधाम : धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं.१० धनौजीस्थित लालगढ कुष्ठरोग अस्पतालमा कार्यरत ५० वर्षीय अर्जुन न्यौपानेले अस्तापलमै कार्यरत ४० वर्षीया महिला कर्मचारीलाई बला’त्कार प्रयास गरेको घटना सार्वजनिक भएको छ ।
अस्पतालको चमेना गृह (क्यान्टिन) मा बला’त्कार प्रयासको घटनालाई अस्पताल प्रशासन, वडाध्यक्ष लगायत केही स्थानीयहरु र ईलाका प्रहरी कार्यालय ढल्केवरले सोहि अस्पतालमै मिलाउन दवाव दिँदै गुपचुप राख्ने प्रयास गरेको घटना बाहिरिएको हो ।
पुस २५ गते पीडितले ईलाका प्रहरी कार्यालय ढल्केवरमा लिखित उजुरी गरेकी छिन् । उजुरीको आधारमा प्रहरीले आरोपित न्यौपानेलाई पुस २६ गते विहान पक्राउ गरेको भएपनि आरोपितलाई विना अनुसन्धान छोडिएको पीडितको आरोप छ । मिथिला नगरपालिकाको वडा नं. १० का वडाध्यक्ष सविन विक्रम थापा लगायत स्थानियहरुको दवावमा आरोपितलाई ढल्केवर प्रहरीले छोडेको पीडितको आरोप छ । ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर प्रदिप सुवेदीले आरोपितलाई अनुसन्धानको क्रममा छोडेको बताएका छन् ।
पुस १८ गते साँझ लालगढ कुष्ठरोग अस्पतालको क्यान्टिनमा कुक म्यानको रुपमा कार्यरत अर्जुन न्यौपानेले आफुलाई यौन दुव्र्यवहार गर्दै बलात्कारको प्रयास गरेको पीडितको आरोप छ । दैनिक ज्यालादारीमा काम गर्ने ४० वर्षीया पीडित महिलाले आफुमाथि भएको बलात्कार प्रयास घटना त्यहाँ कार्यरत अन्य विरामी र कर्मचारीहरुले समेत देखेको बताएकी छिन् ।
आफुले घटनाको विषयमा अस्पताल प्रशासनमा निवेदन दिएको भएपनि उल्टै आफुलाई कामबाट हटाउने धम्की दिँदै पीडकसँग मिल्न दवाव दिईरहेको पीडितले संचारकर्मीहरुलाइ बताइन् । पीडितले आफुलाई कानुनी न्याय चाहिएको बताउँदै आफु कुनै प्रकारको लोभ र लालचमा नमिल्ने भन्दै आरोपित कर्मचारी न्यौपानेलाई कानुनी कारवाही हुनुपर्ने माग गरेकी छिन् । यता अस्पताल प्रशासन शाखाले पीडित महिलालाई घटना अस्पताल बाहिर लगेमा जागिरबाट हटाई दिने दवाव दिदै आएको रहस्य समेत खुलेको छ ।
बलात्कार प्रयासको घटना गाउँमै मिलाउन मिथिला नगरपालिका वडा नं. १० का वडाध्यक्ष सविन विक्रम थापा लगायतका केही स्थानिय व्यक्तिहरुले समेत प्रत्यक्ष रुपमा दवाव दिदै आएको स्थानियहरुले बताएको छ । घटना मिलाउन अस्पताल, वडाध्यक्षहरुले समेत चलखेल गर्दै आएको स्थानीयहरुको गुनासो छ । बलात्कार प्रयास गरेको केही प्रमाण नभएको भन्दै घटना मिलापत्र गराउन आफुलाई पटक पटक दवाव दिदै आएको पीडित महिलाले बताइन् ।
यसैबीच ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर प्रदिप सुवेदीले आरोपितलाई पुस २६ गते विहान पक्राउ गरेपछि पीडितलाई घटनाबारे जानकारी लिन ईलाका प्रहरी कार्यालय ढल्केवरमा विहान १० बजे बोलाइएको भएपनि ४ बजेपछि आउनु र बेलुका ४ बजेपछि पुस २७ गते प्रहरी कार्यालय आउन भन्दै पीडितलाई घर पठाइएको पीडितले बताएकी छिन् ।
पीडित महिलाले प्रहरीले बोलाएपछि न्यायको लागि दिनभरि ईलाका प्रहरी कार्यालयमा बस्दा समेत वडाअध्यक्ष थापालागयतको केही व्यक्तिहरुले दिनभरि त्यहि बसेर आरोपितलाई दुई महिनाको लागि निलम्बन गरिदिने र पीडितलाई स्थायी जागिर लगाई दिनेसम्मको प्रलोभन दिँदै दवाव दिएको उनले बताएकी छिन् ।
बलात्कार घटनाका आरोपित र पीडितको घर एउटै गाउँमा भएकाले पीडित महिला असुरक्षित देखिएको स्थानिय महिला अधिकारकर्मी विना कडारीले बताएकी छिन् । पीडितले आफु कानुनी न्यायको लागि अग्रसर रहेको र प्रहरीमा ठाडो उजुरी दिएको भएपनि प्रहरीले आरोपितलाई छोड्नुु कानुनको खिल्ली उडाएको महिला अधिकारकर्मीहरुको बुझाई छ । घटना लागढमा भएपनि लालगढ प्रहरी चौकीले घटनाबारे कुनै वास्ता नगरेपछि न्यायको लागि ईलाका प्रहरी कार्यालय ढल्केवरमा आएको र ढल्केवरका प्रहरीले पनि आरोपितलाई छोडेपछि पीडित महिलाले न्यायको लागि पहल गरि दिन इन्सेक धनुषामा पुस २५ गते निवेदन समेत दिएकी छिन् ।