
काठमाडौं : पछिल्लो २४ घण्टामा ३०७५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
९ हजार ५१ जनामा पीसीआर परीक्षण गरिएकोमा २ हजार ४४८ जनामा र ३ हजार ९८५ जनामा एन्टीजेन परीक्षण गर्दा ६२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २७८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०९ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ११ हजार ६९० जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।