एजेन्सी : ‘पुष्पा : द राइज’ को सफलतापछि अभिनेत्री रश्मिका मन्दाना साउथ फिल्म इन्डस्ट्रीको महंगी अभिनेत्रीको सूचीमा सूचिकृत भएकी छन् ।

फिल्मको सफलता र आफ्नो कामको प्रशंसा भएपछि उनले पारिश्रमिक बढाएकी छन् । उनले ‘पुष्पा’ को दोस्रो पार्टका लागि ३ करोड पारिश्रमिक माग गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । पहिलो पार्टमा उनले २ करोड पाएकी थिइन् ।

रश्मिका मात्र होइन, साउथ इन्डस्ट्रीमा महंगो पारिश्रमिक बुझ्ने अभिनेत्रीहरु धेरै छन् । सबैभन्दा पहिलो नम्बरमा अनुष्का शेट्टीको नाम आउँछ । फिल्म ‘बाहुबली : द बिगनिङ’ मा देवसेनाको भूमिकामा जबरर्जस्त अभिनय गरेर चर्चामा आएकी उनले एक फिल्मका लागि साढे चार करोड पारिश्रमिक बुझ्ने गरेकी छन् । उनले बुझ्ने पारिश्रमिक साउथको चल्तीका हिरो बराबर मानिन्छ ।

Anushka-Shetty_nepalvani

फिल्म ‘राधेश्याम’ को रिलिजको पखाईमा रहेकी पूजा हेगडे पनि महंगो पारिश्रमिक बुझ्ने अभिनेत्री हुन् । उनले एक फिल्मका लागि साढे ३ करोडसम्म पारिश्रमिक लिँदै आएकी छन् । अर्की अभिनेत्री काजल अग्रवाल पनि महंगी अभिनेत्री हुन् । उनले एक फिल्ममा अभिनय गरे बापत ३ करोडसम्म पारिश्रमिक लिने गरेको बताइन्छ । पूजा र काजलले बलिउड फिल्ममा पनि काम गरेका छन् ।

Pooja_hegde_nepalvani

त्यस्तै, नित्या मेननले ३ करोड, श्रिया सरनले ३ करोड, श्रुति हसनले साढे २ करोड, तापसी पन्नूले २ करोड, चार्मी कौरले २ करोड, नयनताराले २ करोड, तमन्ना भाटियाले २ करोड, सामन्था रुथ प्रभुले २ करोड, कीर्ति सुरेशले २ करोड, साई पल्लवीले २ करोड, रकुलप्रीत सिंहले २ करोड, हन्सिका मोटवानीले डेढ करोड, तृषाले १ करोड पारिश्रमिक बुझ्ने गरेको भारतीय मिडियाको दाबी छ ।

raskmika_mandana


२०७८ पुष २९, बिहीबार २१:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय