
एजेन्सी : अभिनेता शाहिद कपूर र अभिनेत्री अमृता रावको करिअरकै सर्वोत्कृष्ट फिल्म मानिन्छ, ‘विवाह’ । राजश्री प्रोडक्सनको फेमिली ड्रामामा यो जोडीको केमेस्ट्री निकै रुचाइएको थियो ।
अनुपम खेर र आलोक नाथ जस्ता कलाकारको अभिनयले आजका दिनमा पनि यो फिल्मलाई याद गर्ने गरिन्छ । त्यसबेला ८ करोडमा बनेको यो फिल्मले बक्सअफिसमा ३० करोड बढी कमाएको थियो ।
फिल्ममा छोटी (रजनी) को भूमिकामा अभिनय गरेकी अमृता प्रकाशले पनि दर्शकको मन जितेकी थिइन् । उनले अभिनेत्री अमृता रावकी बहिनीको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा चुलबुले र साधारण रुपमा देखिएकी उनी वास्तविक जीवनमा भने निकै ग्ल्यामरस छिन् । उनले इन्स्टाग्राममा आफ्ना बोल्ड तस्विरहरु साझेदार गरिरहेकी हुन्छिन्, जसले निकै चर्चा बटुल्ने गरेको छ ।
अमृता प्रकाशले ४ वर्षको उमेरमा नै आफ्नो करिअरको सुरुवात गरेकी थिइन् । उनको करिअरको सुरुवात विज्ञापनबाट भएको थियो । बाल कलाकारको रुपमा उनले ५० बढी विज्ञापनमा काम गरेकी छन् । उमेरले ९ वर्षको हुँदा उनले टिभीको दुनियाँमा पाइला राखेकी थिइन् । केही टिभी शोमा अभिनय र होस्ट गरेकी उनले करीब दुई वर्ष ‘क्या मस्ती क्या धूम’ को होस्ट पनि गरिन् ।
अमृताले बाल कलाकारको रुपमा साउथका केही फिल्ममा पनि अभिनय गरेकी छन् । तर, उनको करिअरमा तब ठूलो मोड आयो जब उनलाई राजश्री प्रोडक्सनको फिल्म ‘विवाह’ मा काम गर्ने अवसर मिल्यो । उनले एक अन्तर्वार्तामा यो फिल्मले आफ्नो करिअर नै कायापलट गरेको बताएकी थिइन् । सन् २०२० मा टिभी शो ‘पटियाला बेब्स’ मा देखिएपछि भने उनी अभिनयबाट टाढा छिन् ।