जनकपुरधाम : प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने प्रकि्रया शुरु भएपछि व्यवसायीहरूले जनकपुरधाममा धाजधानी बनाउन दबाब दिएका छन् ।

जनकपुरधाम उद्योग बाणिज्य संघले मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउँदै जनकपुरधामलाई राजधानी घोषणा गर्न माग गरेका हुन् ।

राजधानी नतोकिएकै कारण प्रदेशमा लगानी गर्न तयार रहेका देश र देशबाहिरका लगानीकर्ताहरू अन्यत्र जान थाल्दा प्रदेशको आर्थिक विकासमा असर परिरहेकाले राजधानी तोकेर छिटो निकास दिनु जरुरी रहेको ज्ञापनमा उल्लेख गरिएको छ ।

प्रदेशको भौगौलिक परिवेश, ऐतिहासिक पृष्ठभूमि, प्रदेशको जनताको पहुँचसमेतको दृष्टिले जनकपुरधामलाई नै राजधानी घोषणा गरी निकास दिनेतर्फ ठोस कदम चाल्न ज्ञापनमा आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले नाम र राजधानी तोक्ने काम प्रदेश सभाको दुई तिहाई बहुमतले गर्ने बताए । उनले संवैधानिक व्यवस्था अनुसार यो कार्यमा ह्वीप लगाउने प्रावधान नभएकाले दुई तिहाई बहुमतले नै निर्णय हुने बताए ।

संघका महासचिव मनोजकुमार साहले जनकपुरधामलाई राजधानी नतोक्न षडयन्त्र भइरहेकाले आफूहरुले ज्ञापन बुझाएको बताए । उनका अनुसार सबै राजनीतिक दलको संसदीय दलका नेतासमेतलाई ज्ञापन बुझाइनेछ ।

प्रदेशको नामाकरण र राजधानी तोक्नका निम्ति दलीय सहमतिको प्रयास गरे पनि हुन सकेको छैन् । आज बस्न लागेको प्रदेश सभाको बैठकमा सभामुखको संयोजकत्वमा बनेको समितिले नामारण र राजधानी तोक्ने बिषयमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दैछ। साभार: अनलाइनखबर


२०७८ माघ २, आईतवार १४:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय