
काठमाडौं : सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आदेश जारी गरेको छ। देशभर कोरोना संक्रमितकोा संख्या बढेपछि महामारी नियन्त्रण गर्न सरकारले आदेश जारी गरेको हो।
सरकारले जारी गरेको आदेशानुसार बढी भिडभाड हुने क्षेत्रहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको छ। सिनेमा हल, डान्सबार, क्लब, नाचघर, दोहोरी साँझ, स्विमिङ पुल लगायत भीडभाड हुने क्षेत्रहरु माघ १५ सम्म सञ्चालन नगर्न सरकारले आदेश जारी गरेको हो।
त्यस्तै विद्यालय, विश्वविद्यालय , ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका संस्थाहरु भौतिक उपस्थितमा सञ्चालन नगर्न आदेश भएको छ। पूर्वनिर्धारित परीक्षाहरु भने नरोकिने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।
यस्ता छन् सरकारका मुख्यमुख्य आदेशहरु
१ सबै प्रकारका आम सभा, जुलुस, सभा, भेला वा धेरै मानिसहरु भेला हुने क्रियाकलापहरु माघ मसान्त सम्म नगर्ने।
२ गोष्टि, सेमिनार, बैठक लगायतका कृयाकलाप भचुअल माध्यमबाट सञ्चालन गर्ने, भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी एन्टीजेन परीक्षण गरि रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जनामात्र सहभागी हुनेगरी सञ्चालन गर्ने । त्यस्ता बैठकहरुमा माघ ७ गतेदेखि पूर्णमात्रामा खोप लगाएका व्यक्तिहरुमात्र सहभागी हुन पाउने ।
३ं सिनेमा हल, नाचघर, डान्सबार, क्लब, दोहोरी साँझ, हेल्थ क्लब, स्विमिङ पुल, हाटबजार आदी भीडभाड हुने क्षेत्र. माघ १५ गतेसम्म सञ्चालन नगर्ने ।
४ं. विद्यालय, विश्वविद्यालय, कलेज ट्यूसन सेन्टर, तालिम भौतिक रुपमा सञ्चालन नगर्ने ।
५. पूर्वनिर्धारित परीक्षा, भाषा परीक्षा, चिकित्सा शिक्षाका प्रयोगात्मक परीक्षा नरोकिने।
६. मठ मन्दिर, मस्जिद, गुम्बा र चर्चहरूमा माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थनामात्र गर्ने।
७. सपिङ मल, डिपार्टमेन्ट स्टोरहरूमा एकपटकमा २५ जनाभन्दा बढी प्रवेश नदिइने।
८. पार्टी प्यालेसमा एकपटकमा कुल क्षमताको बढीमा एक तिहाई नबढ्नेगरी बढीमा ५० जनामात्र रहने।
९. प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध, पास्नी, न्वारानजस्ता कार्यक्रम गर्न पाइने।
१०. माघ ७ पछि खेलकुद कार्यक्रममा खोपकार्डका आधारमा मात्र रंगशालामा प्रवेश गर्न दिने।