काठमाडौं : अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण भएको छ ।

उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको श्वेताले बताएकी हुन् ।

विश्वभर कोरोना भाइरस संक्रमणको तेस्रो लहरले लाखौं मानिसलाई संक्रमित बनाइरहेको बेला आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिँदै चाँडै नै काममा फर्किने भन्दै सबैलाई स्वस्थ रहन आग्रह समेत गरेकी छन् ।

श्वेता चलचित्रसँगै व्यापार व्यवसायमा पनि सक्रिय छिन् । उनले आफूलाई कोरोना पोजिटिभ देखिएपनि लक्षण खासै नदेखिएको उल्लेख गरेकी छन् ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि सरकारले सिनेमा हलहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । चलचित्र हल बन्द भएपनि छायांकनको गतिविधि भने नरोकिने चलचित्र विकास बोर्डले जनाइसकेको छ ।

२०७८ माघ ७, शुक्रबार १३:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय