काठमाडौं : दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो ।

उनको निधन १४ जुन २०२० मा भएको थियो । उनलाई आफ्नै अपार्टमेन्टमा मृत भेटिएको थियो । झुन्डिएको अवस्थामा फेला परेका सुशान्त के कारणले झुन्डिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

यी अभिनेताले छोटो जीवनमै ठूल्ठूला सफलता हासिल गरेका थिए । एक फिल्ममा अभिनय गरेबापत करोडौं पारिश्रमिक लिने सुशान्तले एक फिल्मबाट २१ रुपैंयाँ पारिश्रमिक लिएका थिए ।

निर्देशक राजकुमार हिरानीको ‘पीके’मा सुशान्तले भलै छोटो भूमिकामा अभिनय गरे पनि त्यो अभिनयबाट उनले राम्रो छाप छोडेका थिए । सुशान्तले यो फिल्ममा १५ मिनेटको भूमिकाका लागि पारिश्रमिक लिएका थिएनन् । तर निर्देशक राजकुमार हिरानीले उनलाई सगुनका रूपमा २१ रुपैंयाँ दिएका थिए । यो रकम सुशान्तले खुसीसाथ स्वीकारेका थिए ।


२०७८ माघ ८, शनिबार १०:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय