
भर्खरै प्रदेश २ को नामाकरण र स्थायी राजधानी घोषणा भयो । प्रदेशबासीले दीपावलीनै मनाए । प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम कायम गरियो । वर्तमान सरकारमा रहेका जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, नेकपा समाजवादी, माओवादी केन्द्र र प्रतिपक्षीको भूमिकामा लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमाले छन् ।
प्रदेशको नाममा प्रमुख प्रतिपक्षी दल लोसपा, सरकारका नेतृत्वकर्ता दल जसपा एक ठाउँमा रहेपनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र भने फरक फरक नाम र राजधानीको प्रस्ताव गरेका थिए । गत बर्ष नाम र राजधानीकालागि सवै दल संग मिलेर नाम र राजधानीमा सहमति ल्याउन समितिनै गठन गरिएको थियो । तर, भोटिङ्गमा जानु पर्यो र अन्ततः नाम र राजधानीको भने टुङ्गो लाग्न सकेन । यस पटक पनि समिति बनाइयो त्यो समिति अन्यदललाई सहमति ल्याउनकोलागि नै बनाइयो तर, यस पटक लगाइएको अनुमान भने असफल भयो । अनुमान गरिएको थियो कि यस पटक पनि नाम र स्थायी राजधानीको टुङ्गो लाग्न सकेन् । तर, सभामुखको कनभिन्सिङ्ग पावरको अगाडि भने राजनीतिको नीति भने असफल भयो ।
मधेश प्रदेशको नाम र राजधानी दिनप्रतिदिन राजनीतिक मुद्दा र राजनीतिक दलहरुको अडानको विषय बन्दै गएको थियो । प्रदेशको नाम र स्थायी राजनीति तथा सभामुखको अगामी राजनीतिक यात्राको बिषयमा जनकपुर टुडेकालागि संजीवकुमार झाले मधेश प्रदेशका सभामुख सरोजकुमार यादव संग गरेका कुराकानीको सम्पादीत अंश :
प्रदेशको नामकरण तथा स्थायी राजधानीबारे निर्णयका पृष्ठभूमि के छन् ?
– नाम र राजधानीको निर्णय गर्नु पर्ने नै थियो । हाम्रो अवधि पनि चार वर्ष बितिसकेको थियो । हामीले ठूलै प्रयास ग¥यौं कि हामी आप्mनै पालामा नाम र राजधानी तोकौं भनेर । यदि गर्न नसकेको भए जनताको पनि थुप्रै गुनासो हुन सक्थ्यो कि कस्तो प्रदेश सभा सदस्यहरु भए कि नाम र राजधानी समेत तोक्न सकेनन् । सभासदहरुले आप्mनो पालामा केही पनि गर्न सकेनन् भनेर साबित हुन्थ्यो ।
नाम र राजधानीको पक्षमा रहेका दलहरु सित दुइ तिहाई थिएन ,यो कसरी सम्भव भयो ?
—हैन, यसमा खास गरेर यसमा दलगत हिसाबले कुरै होइन,यो त हामीले पहिले नै प्रदेशसभाबाट अब एक जना माननीयले प्रस्तावक र समर्थक ल्याएपछि नाम र राजधानीको दर्ता गराउन सकिन्छ र हामीले यो कुरा राखिदिएका थियौं । त्यसै कारण त्यो खास गरेर दलगतको खासै कुरा भएन। यसमा त राजधानी भन्नाले त सर्वसम्मति नै हुनेबाला थियो तर वीरगञ्ज तर्फका केही माननीयज्यूले राख्नु भयो हामीले जनकपुर राजधानी मान्दैनौ अनि उता गयो । यो हामीले एक किसिमको सहमति गरेर नै नाम र राजधानी ल्याएका हौं ।
तर अन्य दलहरुले त फरक–फरक धारणा राखेका थिए जस्तो कि नेकपाको राजधानीमा त ठिकै छ तर वीरगञ्जका सभासदहरुको पनि वीरगञ्जमा राजधानी माग्नु स्वभाविक नै मान्नु पर्ला तथापि राजधानीमा त्यति विवाद नदेखिए पनि नाममा त विवाद थियो नि ! अन्य दलहरुले त फरक फरक प्रस्ताव पनि गरेका थिए ?
–हैन ,दलका नेताहरुले पेश गर्नु भएको थियो तर उहाँहरुले पनि बुभ् mनु भयो । अब आप्mनै अडानमा राखेपछि न त राजधानीनै तोकिन्छ न त नामकरण नै हुन्छ । किनकि यो भन्दा पहिलाको पनि त उहाँहरुले बुभ्mनु भयो नि । कि नाममा सहमति जुटेन भने राजधानी पनि फेल भयो । त्यसै कारण उहाँहरुले पनि आप्mनो दलगत एउटा अर्कोतिर तर भित्र उहाँहरुको पनि मनसाय थियो कि यस पटक नाम र राजधानी दुइटै टुंगो लगाउं । त्यो हिसाबले नै टुंगो लगाएका छौं । यसमा सबै दलको सहयोग छ ।
बाहिर के छ भने सभामुखजीको पहलमा नाम र राजधानी प्रदेशवासीहरुले पाए । कुन शर्तमा उहाँहरु नाम र राजधानीको लागि सहमत हुनु भयो ?
–,मैले उहाँहरुलाई कन्भीन्स के ग¥या थिए , कि म पनि २०६४ सालको संविधानसभामा निर्वाचित माननीय थिएँ । त्यस बखत संविधानसभाले संविधान पाएन तर त्यसमा गल्ती हाम्रो थिएन त्यो शीर्ष नेताहरु काठमाण्डुमा बस्ने ठूलो पार्टीका नेताह्रुले अब संघीयता नदिनको लागि मधेशीको हक अधिकार नदिनको लागि भाँडभैलो गरिदिए तर पछि हामी जति पनि संघीयताको कुरा ग¥यौ ,संविधानको कुरा ग¥यौं अर्को पटकको चुनावमा जनताले पत्याएनन आखिरमा हामीलाई चुनाव हराएर पराजित पनि गरिदियो । ’ यो कटु यथार्थ उहाँहरुलाई भनेको थिएँ । त्यस्तै यो पाली हामीले नाम र राजधानी दिएनौ भने भोलीको दिनमा सबैलाई समस्या हुन्छ ।
क्षेत्रमा गएर तपाई चुनाव लड्नुस त्यहाँको जनता तपाईसंग प्रश्न गर्छ , तपाईहरुले त एउटा नाम र राजधानीको पनि टुंगो लगाउन सक्नु भएन तपाई के गर्न सक्नु हुन्छ ? हामीलाई ठूलो अप्ठ् यारो छ । अनि अर्को एउटा कुरो तपाइलाई के भन्दिउँ ,यहाँ जति दलका माननीयहरु छन् ,संघीयता प्रति एकदम बफादार हुनुहुन्छ ,नेपाली कांग्रेस होस् या नेकपा एमाले या अन्य कुनै दल या माओवादी ,उहाँहरुको पनि छ भित्रबाट कि हैन ,संघीयता हामीलाई चाहिन्छ तत्कालीन दुइ नम्बर प्रदेशले नै संघीयताको लडाई लडेको हो त्यसैकारण संघीयता हाम्रै प्रदेशले स्थापित गर्छ , त्यसकारण हामीले नाम र राजधानीको टुंगो लगाउनु पर्छ र त्यसैमा कन्भिन्स हुनु भयो । बाहिर के छ भने ,सभामुखजीले राम्रो भूमिका खेल्नु भयो त्यस कारण प्रदेशवासीले नाम र राजधानी पायो ,प्रदेशभर खुशिहालीको माहौल छ ,तर यस्तो छ नि दलहरुले गर्नु पर्ने होइन सभामुख त तटस्थ बस्नु पर्ने होइन र ? –हैन,तटस्थको मतलब त्यो होइन ,सभामुखको भूमिका सबै दललाई मिलाएर लैजाने हो त्यसकारण जुन मेरो भूमिका थियो मैले सोही अनुकुल काम गरेको हुँ । किन भने मैले नै संसदबाट आह्वान गरेको थिएँ ,नाम र राजधानीको ,प्रदेश सरकारको के भन्छ ? प्रदेश सरकारको प्रस्ताव थिएन । जब मैले आफैले प्रस्ताव जब सदनबाट खुल्ला गरेको थिएँ । त्यसमा त मेरो भूमिका अनिवार्य बन्छ दलहरुर्लाइ सहमतिमा ल्याउन । त्यसैकारण अब नाम पनि टुंगो लगाउनु पर्ने ।
प्रस्तावदेखि लिएर सहमति सम्मको प्रयासको लागि दलहरुले गर्नु पर्ने थियो तर के देखियो भने दलहरु निष्क्रिय र सभामुख सक्रिय ?
—होइन होइन ,दलका नेताहरु निष्क्रिय हुनु भएन दलका नेताहरुको जुन आप्mनो अडान थियो नि त्यसमा मैले सकारात्मक भूमिका के खेल्दिंए भने मैले भनिन कि राजधानी कहाँ गर्नुस नाम के राख्नुस भनेर त्यसमा मेरो कुनै आकाँक्षा थिएन प्रदेशको जुन ठाउँ राजधानी होस यहि प्रदेशको हुनेबाला छ जुन नाम भएपनि यहि प्रदेशको नामकरण हुनेछ तर मैले उहाँहरुलाई के आग्रह गरेको थिएँ कि कम्तीमा हाम्रो पालामा नाम र राजधानीको टुंगो लगाइदिनु पर्छ । यो पाली भएन भने अब एक वर्ष भन्दा पनि कम छ हाम्रो अवधि ,भएन भने हामीलाई सबैले गाली गर्छ त्यसैकारण उहाँहरु सकारात्मक भएर नाम र राजधानीको टुंगो लगाउनु भयो ।
दलहरु बीच प्रदेशसभामा व्यापक मतभिन्नता छ ,यसमा उनीहरु किन र कसरी राजि भए ?
—दलका नेताहरुले पनि ह्वीप जारी गर्नु भएन उहाँहरुले चाहेको भए गोप्य मतदान पनि हुनेबाला थिएन त्यो जस्तै मत विभाजन हुन्छ नि हाम्रो मुख्यमन्त्रीज्युले विश्वासको मत लिएर हुन्छ र दायाँबायाँ गरेर हस्ताक्षर गर्ने त्यो पनि काम हुन सक्थ्यो । तर उहाँहरुले एउटा राम्रो काम गरिदिनु भयो कि ठिक छ हामी मत विभाजनमा गोप्य मतदान गराऔं । अनि आप् mनो माननीयज्यूहरुमाथि ह्वीप जारी गर्नु भएन । उहाँहरुले के भन्दिनु भयो भने माननीयज्यूहरुलाई जहाँ जे मन लाग्छ त्यसमा भोटिंग गरिदिनुस र त्यसैबाट पोजिटिभ भयो ।
प्रदेशका मुख्यमन्त्री ,तपाई आफै ,प्रमुख प्रतिपक्षी दलका नेता सबै बारा जिल्लाकै हुनुहुन्छ र बाराजिल्लावासी राजधानीबाट उपेक्षित ?
— हैन ,म र विपक्षी दलका नेता मुख्यमन्त्री त पर्सा जिल्लाको हुनुहुन्छ । अनि पर्सा जिल्लामा जुन एउटा आन्दोलनको क्रममा यो प्रदेशकै सबभन्दा ठूलो आन्दोलन मधेशवादीको वीरगञ्जबाट सुरु भएको थियो । देशैमा सबभन्दा ठूलो नाकाबन्दी वीरगञ्जमै भएको थियो । त्यो बेला मधेशी नेताहरुले ‘हैन वीरगञ्जमै राजधानी हुन्छ ।’स्वीकार्नु पनि भएको थियो , भाषणमा फोरममा भन्नु पनि भएको थियो । तर त्यो बेलाको कुरो एउटा के थियो भने त्यो समग्र मधेश एक प्रदेश भएपछि कुरा थियो त्यो बेला , समग्र मधेश एक प्रदेश त भएन यो त आठ जिल्लाको प्रदेश बनादियो त्यसैकारण अस्थायी राजधानी पनि आयो जनकपुरमा हामीले पनि विचार ग¥यौं कि रियलमा भन्नुहुन्छ भने अब वीरगञ्ज एकतिर पश्चिमतिर जान्छ अनि जनकपुर पनि उपयुक्त छ भौगोलिक हिसाबले आठै जिल्लाको लागि सहज हुन्छ । यहाँ राजधानीको लागि उहाँहरु सकारात्मक हुनु भयो ।
यस प्रदेशमा सबै दलहरुलाई मिलाउन सफल हुनु भयो तर त्यसमा मिथिला भोजपूरा वा जानकी प्रदेशमा पनि सहमत गराउन सक्नुहुन्थ्यो ?
तपाइले चाहेको भए त्यस्तो किन गर्नु भयो ? —मेन कुरो मेरो चाहनाको हुँदैन , लोकतन्त्रमा जहाँ पनि बहुमतको कदर हुन्छ , तपाइ काउण्ट गर्नुस दुइटै मधेशी दल र माओवादीको थियो मधेश प्रदेश त्यो तपाइको ६५÷६६को करिब हुन्छ दूइतिहाइ भन्दा दुइ चार मात्र कम । मिथिला भोजपूरामा १९ जना माननीय र जानकीमा जम्मा १३ जना माननीय र जनकमा आठ जना माननीय थियो । र यो ६५लाई सकारात्मक गर्न सकिन्छ कि १९ लाई । त्यसैकारण कुन नजिक कहाँबाट नजिक हुन्छ त्यो हिसाबले मधेश प्रदेश भएको हो ।
बाहिर यस्तो पनि हल्ला छ कि मधेश २२ जिल्लाको थियो यो त पौराणिक मिथिलाको भुभाग हो । यसको त मिथिला नाम हुनु पथ्र्यो ?
— हामीले कहाँ ग¥या छौं त्यो त प्रस्ताव थियो ,मधेश प्रदेश,मिथिला भोजपूरा प्रदेश र जानकी तथा जनक प्रदेश । त्यो भित्रबाट पो राख्ने हो प्रस्तावै नभएको कुरो कसरी राख्ने हो । तथापि मैले मिथिला भोजपूराको ब्याख्या पनि सदनमा गर्न लगाएको थिएँ । अब माननीयज्युहरुको भनाइ के आयो भने कि हामीले आन्दोलन मिथिला भोजपूराको लागि गरेका थिएनौ , मधेशको लागि गरेका थियौं । आज पनि जुन पार्टीमा पनि मधेशी कोटा पाउंछ त्यो मिथिला भोजपूरा भनेर हुँदैन , आज पनि मधेशी प्रमाणित हुन्छ मिथिला भोजपूरा हुँदैन । त्यसै कारण यो मिथिला भोजपूरा अनि यो प्रदेशमा मिथिला भोजपूरा मात्रै छैन बज्जिका पनि छ यहाँ थारु छैन यहाँ मुस्लिम छैन , त्यो भन्दा राम्रो हामीले मधेश प्रदेश राख्दाखेरि यो मधेश प्रदेशमा बस्ने सबैजातीको मतलब,ब्याख्या भइहाल्छ त्यसमा । त्यसैले हामी मधेश प्रदेशमै छलफल गरौं कुरा गरौं र त्यहि भएको पनि हो ।
प्रदेशसभाको अन्तिम वर्ष चल्दैछ त्यसमा प्रदेशवासीले नाम र राजधानी बाहेक के–के उपलब्धि पाए त ?
—हामीले कानून बनाएर दिनु पर्ने हो । हामीले अहिले सम्म करिब ४४÷४५ वटा कानून बनाएर दिइसकेका छौं । अब विकासको कुरो छ त्यो त प्रदेश सरकारले गर्ने कुरो हो । थुप्रै कानून पायो ,प्रदेश प्रहरी सम्बन्धी कानून ,हामीले बनाइदियौं ,तपाइको निजामती ऐन हामीले बनाइदियौं स्वास्थ्यको विज्ञान प्रतिष्ठान हामीले ल्याइदियौं । यो सातै प्रदेशमा सबभन्दा महत्वपूर्ण कानून हाम्रै हो । अब कार्यान्वयन नभएको गुनासो छ त्यो संघ सरकारको कमीकमजोरीले भएको हो । जस्तै हामीले प्रदेश प्रहरी सम्बन्धी कानून बनाइदियौं तर समायोजन गर्नु पर्ने काम त संघ सरकारको हो नि । अब निजामती ऐन हामीले बनाइदियौं तर त्यसको समायोजना संघ सरकारले गर्ने हो । अब यो संघीयतालाई अग्रसरता दिने काम त संघ सरकरको हो अब उसैले गर्देन भने प्रदेशले गरेर के हुन्छ । तर त्यो भन्दा अगाडि र सबभन्दा राम्रो हामीले जुन कानून बनाएको छौं त्यो तपाइ सातै प्रदेशमा हेर्नुस सबभन्दा सुरक्षित र साफ एकदम फेयर हाम्रै ऐनहरु हो ।
तपाई सभामुखको कार्यबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
—म सय प्रतिशत सन्तुष्ट छुँ । अहिले सम्म कुनै किसिमको विरोधाभाष भएको छैन । सबै दललाई मिलाएर एकदम निष्पक्ष तरिकाले काम गरेको छुँ अनि मैले भनेको अनुसार सबै दलको नेताज्युहरुले पनि कुरा बुझ्नु हुन्छ । मान्नु हुन्छ । त्यसै कारण म एकदमै सन्तुष्ट छुं ।
तपाई अहिले वर्तमानमा पार्टीमा हुनुहुन्न , तर चुनाव नजिकिंदैछ कुन दलमा जानु हुन्छ ?
—मैले सुरुवात गरेको हो मधेशवादी दलबाट म २०५४ सालमा तत्कालीन गजेन्द्र नारायण सिंह हूदाखेरि म गाविस अध्यक्षबाट चुनाव जितेर राजनीतिक गर्दै आएको छुँ । र मेरो भविष्य पनि यो संघीयता मधेशको हकहितको लागि राजनीति गर्ने दलमा नै म प्रवेश गर्छुं ।
तपाई सभामुख हुँदाखेरि राजपाबाट हुनुभयो अहिले राजपा लोसपा भएको छ ,पछि लोसपामा जाने या जसपामा ?
—त्यो अब पछि सभामुख भएपछि भनौंला त्यो कुरो । त्यो अहिले नभनौं कहिँ म सभामुख हुँदाहुँदै पनि दुइटै पार्टी जुटे भने त्यसैले अहिले त्यो कुरै नगरौ । अहिले किन भनौ कुन दलमा जाने ।
नामकरण र राजधानी तोकिएपछि प्रदेशसभा सदस्यहरुको लागि के–के योजना बनाउनु भएको छ ?
—प्रदेशसभाको लागि योजना राख्ने काम मेरो होइन , अब मेरो काम के हुन्छ भने स्थायी राजधानी भइसकेपछि एकदम फष्टक्लास प्रदेशसभा भवन बनाउने त्यसपछि कार्यालयहरु दुरुस्त बनाउने ,अनि प्रदेशसभा सांसदहरुको लागि आवास भवन लगायतको संरचना बनाउने त्यसैमा अस्पताल बनाउने उच्चस्तरीय क्यान्टिन बनाउने जुन सुविधाहरु छ त्यो दिने प्रयास गर्ने त्यो मेरो योजना त्यसै कारण आजै (शनिबार) एक दुइ वटा जग्गा पनि हामीले हेर्रयौ ,एक दुइ ठाउँमा जग्गाहरु हेरेर कुन ठाउँमा व्यवस्थित हुन्छ । बनाउनमा त तीन चार वर्ष लाग्छ तर मेरै पालामा भवन निर्माणको कामको सुरुवात होस भन्ने मेरो योजना छ ।