काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोराना सङ्क्रमण पुष्टि भएको छ ।

एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार लक्षण देखिएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई सङ्क्रमण भएको र उहाँ हाल बालकोटस्थित निवासमा आइसोलेशनमा रहनुभएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनलगायत विषयमा आज अध्यक्ष ओलीले पत्रकार सम्मेलन आयोजना गर्नुभएकामा कार्यक्रम स्थगन भएको छ भने पार्टीको धारणा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिने जनाइएको छ ।

२०७८ माघ ९, आईतवार १२:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय