नेपालवाणी / जनकपुरधाम

मधेश प्रदेश लागुऔषधको केन्द्रबिन्दु बनेको छ । भारतसँगको खुल्ला सीमासँग जोडिएको मधेश प्रदेशमा दिनहुँ तीनजना भन्दा बढी व्यक्ति लागुऔषध सहित पक्राउ पर्ने गरेका प्रहरीको तथ्यांकले देखाएको छ ।

मधेश प्रदेशको प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा लागुऔषध सहित ६ सय ५ जना पक्राउ परेका छन् । मधेश प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक तुल बहादुर कार्कीका अनुसार प्रदेशको आठवटै जिल्लाबाट साउन देखि पुस सम्ममा ५ सय ९४ पुरुष र ११ महिलालाई लागुऔषध सहित पक्राउ गरिएको छ ।

प्रहरीले यस अवधिमा गाँजा १ हजार ७ सय १९ केजी, ब्राउन सुगर १३४ ग्राम, चरेस ४६ केजी, हिरोईन ८३ ग्राम, डाईलेक्स डिसी ९० लिटर, ट्याब्लेट ४० हजार ७ सय २८ पिस र इन्जेक्सन २२ हजार ४ सय ४६ पिस बरामद गरेको प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

१८ करोड भन्दा बढीको सामान बरामद

प्रहरीले ६ महिनाको अवधिमा १८ करोड भन्दा बढीको भन्सार छलि गरेर नेपाल ल्याइएको सामान बरामद गरेको छ । चालु आवको ६ महिनामा प्रहरीले प्रदेशको विभिन्न स्थानबाट १८ करोड ८ लाख ५१ हजार १ सय ५६ रुपैयाँ बराबरको सामग्री बरामद गरेको छ । किराना सामग्री, विद्युतीय सामग्री, सवारी साधन र पार्टपुर्जा, लत्ताकपडा, फेन्सी तथा अन्य सामान, सुन र चाँदी बरामद गरेको र १ सय ४ जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएका छन् ।

२०७८ माघ ११, मंगलवार १५:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय