जनकपुरधाम : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ४ मा अज्ञात समुहले ट्रकमा आगजनी गरेका छन् ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नम्वरको ट्रकमा अज्ञात समुहले आगजनी भएका हुन् । मंगलवार राति करिब ११ बजे अपरिचित व्यक्तिहरुले रोकेर उक्त ट्रकमा आगजनी गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रामकुमार यादवले बताए ।

उनका अनुसार आगजनीबाट ट्रकमा क्षति पुगेको छ । आगजनी कसले र किन गरेको कुरा खुल्न सकेका छैन । अनुसन्धान भइरहेको छ ।

यसअघि पुस १६ गते पनि सोही गाउँपालिकाको वडा नम्बर ५ महुली पुलमा एउटा ट्रकमा अज्ञात समुहले नै आगजनी गरेको थियो ।

२०७८ माघ १२, बुधबार १२:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय