जनकपुरधाम : मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले रासस तथा अन्य सरकारी सञ्चारमाध्यमलाई सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।

पत्रकारले पाठक एवं श्रोता बढाउनका लागि मात्र भए पनि नकारात्मक समाचार लेख्ने गरेका बताउँदै त्यसो नगर्न उहाँले जोड दिनुभयो । मधेस प्रदेशको राजधानी जनकपुरमा आजदेखि सुरु भएको राष्ट्रिय समाचार समिति (रासस)का पत्रकारको अभिमुखीकरण कार्यक्रममा उहाँले सो आग्रह गरेको हो ।

मन्त्री साहले सरकारी सञ्चारकर्मीले नेपाली मिडियाको आचरणमा सुधारका लागि पनि काम गर्नुपर्ने बताउनुभयो । प्रदेशका पत्रकारलाई उहाँले रचनात्मक सुझावका आवश्यक भएमा आलोचनात्मकरुपमा पनि लेख्न उनले आग्रह गरे ।

सो तालिमको उद्घाटन कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राईले राससकर्मीले सकारात्मक समाचार लेखनमा जोड दिनुपर्ने बताए। उहाँले राससलाई केही सुधार गरेर लानु आवश्यकता रहेको बताए ।

PRO_-3721

मधेस प्रदेशको राजधानी जनकपुरधाममा आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा आजदेखि सुरु दुईदिने अभिमुखीकरण सुरु भएको हो ।

अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, प्रमुख कार्यकारी व्यवस्थापक उत्तम सिलवाल, प्रमुख समाचारदाता कृष्ण अधिकारी, कार्यकारी सम्पादक शीतलप्रसाद महतो, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण लगायतको विशेष उपस्थिति छ । यस कार्यक्रममा मधेस प्रदेशका आठै जिल्लाका राससका संवाददाताको सहभागिता रहेको छ ।


२०७८ माघ १६, आईतवार १४:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय