किसन साह,
सर्लाही : स्वर्गीय क. उमेश साहको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। बि.स.२०४० साल असार १२ गते जन्म भएको चक्रघट्टा गाउँ पालिका वडा नम्बर ८,औरहीका सामाज सेबिर माओवादी पार्टीका चक्रघट्टा गा.पा वडा न. ८को वडा कमिटी अध्यक्ष एवं जुझारु नेता उमेश साह कानु मृगौला समस्य का कारण यहि मिति २०७८ माघ ५ गते बलिदान दिवसका दिन निधन भएको थियो,साह साथै आज माघ १६ गते साहको कर्म क्रिया सम्पन्न भए संगै सहिद दिवसको दिन साहको श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रम मा विशेष अतिथिको रुपमा पुर्ब मन्त्री एवं बर्तमान सांसद रामेश्वर राय यदव,चक्रघट्टा गा. पा. प्रमुख बिक्रम यदव,नेपाली काङ्ग्रेसका प्रत्यासी प्रमुख रामजी प्रसाद साह माओवादी केन्द्र सर्लाहीका जिल्ला अध्यक्ष लगायत विभिन्न राजनीतिक र समाजसेवी ब्याक्ती हरुको उपस्थितिमा कार्यक्रमको सुरुवात भएको थियो कार्यक्रममा दिप प्रज्वलन,माला अर्पण र मौन धारण गर्दै सांसद यादवले साह को छोरी लाई निशुल्क शिक्षा र उनको को श्रीमती लाई जागीर को ब्यबस्था गर्छु भन्ने बच्चा गर्नु भयो र कोरोना महामारी लाई मध्य नजर गर्दै उपस्थित सबैलाई मास्क वितरण गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।


