
एजेन्सी : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाउँदा पहिले लगाएकै खोप लगाउनु नपर्ने जनाएको छ।
राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले पहिलो र दोस्रो मात्रा जुन खोप लगाए पनि बुस्टर डोज कोभिसिल्ड वा एस्ट्राजेनिका लगाउन सकिने जनाएको हो।
यस्तै, पहिलो मात्रा लगाएकाहरूले सोही खोप नभएमा र विदेशमा पहिलो मात्रा अन्य खोप लगाएकाहरूलाई पनि कोभिसिल्ड वा एस्ट्राजेनिकामध्ये कुनै एक लगाइने निर्णय भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।