
जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्र बजारमा निर्माणाधिन धनुषा आयल स्टोर्स ,पेट्रोल पम्पका म्यानेजर भुपेन्द्र राईलाई अज्ञात समूहले निर्घात रुपमा कुटपिट गरेको छ ।
आइतबार दिउंसो सात वटा मोटरसाइकलमा तीन÷तीन जना सवार भइ आएका व्यक्तिहरुले गाली गलौज गर्दै म्यानेजर राइलाई ईट्टाले प्रहार गरेको पप्मका संचालक तथा पेट्रोलियम डिलर्स एशोसिएन जनकपुरधामका अध्यक्ष विष्णुदेव साहले बताए । उनले भने,‘ पप्मको उद्घाटन नहुँदै प्रत्येक दिन गुण्डा तत्वहरुले कहिले पेट्रोल माग्न आउने त कहिले पाँच÷दश हजार नगद माग गर्ने गरेको थियो, गुण्डागर्दी गर्दै धाकधम्की दिँदै आएको थियो ।’
कुटपिटमा राईको मुख र टाउकोमा गंभीर चोट लागेको छ । गुण्डागर्दी वापतको चन्दा माग्नेहरुले नै निर्घात हुने गरी म्यानेजर राईलाई कुटपीट गरेको उनले बताए । कुटपिटबाट गंभीर घाइते भएका राइको जनकपुरधाममा उपचार सम्भव नभएपछि बाहिर रेफर गर्ने अवस्था रहेको चिकित्सकहरुलाई उधृत गर्दै सञ्चालक साहले जानकारी दिए । राइलाई बिशेष उपचारको लागि जनकपुरधाम बाहिर लैजाने तयारी भइरहेको उनले बताए । उद्घाटन हुन अझै पनि तीन चार दिन बाँकी रहेको जानकारी दिँदै उनले भने,‘संचालन नहुँदै यो हालत छ भने हामीले कसरी व्यवसाय चलाउने’।
सोही क्रममा साहको छोरा विवेक साहलाई समेत धक्का मुक्की गरिएको थियो । सो क्रममा घटनाबारे ईलाका प्रहरी कार्यालयमा जानकारी गराउंदा एक घण्टा पछि मात्रै प्रहरी आएको गुनासो गर्दै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा सम्बन्धित ईलाका प्रहरी कार्यालयमा गएर उजुरी दिन भनिएको गुनासो समेत उनले पोखे ।
यसैबीच पेट्रोलियम डिलर्स एशोसिएन जनकपुरधामले विज्ञप्ति जारी गर्दै दोषीमाथि तत्काल कारवाहीको माग गरेको छ । घटनाको भत्र्सना गर्दै दोषीमाथि कारवाही नगरिए एशोसिएन संघर्ष गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । यस प्रकारको घटनाले व्यवसायिहरु असुरक्षाको अनुभूति गरेकोले दोषीलाई तत्काल कानून बमोजिम कारवाही नगरिए जिल्लाको पम्पहरु बन्द गरेर कडा कदम चाल्न एशोसिएन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।