
काठमाडौँ : एनसेलले आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना सार्वजनिक गरेको छ।
एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने विज्ञप्ति मार्फत जनाएको छ।
एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो आकर्षक योजना ल्याएको जनाएको छ।
यो योजना मंगलबार(माघ १८) बाट संचालनमा आउने र १० दिनसम्म चल्ने एनसेलले जनाएको छ। यो योजना अवधिमा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्नुहुने तीन जना ग्राहकले १/१ वटा फिल्पकेस र टी-पेन सहितको टीसीएल ट्याव टेनएस पाउँनेछन्।