सिरहा : किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले मंगलबार भैँसी जुलुस निकालेको छ ।

जनमत पार्टीका कार्यकर्ताहरूले विभिन्न जिल्लामा भैँसी जुलुस निकालेका हुन् । उनीहरूले किसानले मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएका छन् ।

baisi_julus_siraha_nepalvani

किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

baisi_julus_siraha_nepalvani

यसअघि, सोमबार जनमत पार्टीले गोरुगाडा जुलुस निकालेको थियो ।

हेर्नुहोस् भिडियो !


२०७८ माघ १८, मंगलवार १७:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय