जनकपुरधाम : सिके राउत नेतृत्वको जनमत पार्टीले फेरि पूर्व–पश्चिम राजमार्ग बन्द गर्दै आन्दोलन थालेको छ ।

बिहीबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर गरेको आन्दोलनले लामो दुरीका सवारीसाधन ठप्प छ ।

मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका राजमार्गमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् । जनमतका कार्यकर्ताले शान्तिपूर्ण आन्दोलन गरिरहेको भने पनि सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी समेत दिएका छन् । राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

Janamar_party_nepalvani1

उनीहरूले किसानलाई मलखाद समयमा उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर करिब डेढ महिनादेखि आन्दोलित छन् । यस अघि पनि उनीहरूले राजमार्ग अवरुद्ध पारेर आन्दोलन गरेका थिए ।


२०७८ माघ २०, बिहीबार ११:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय