काठमाडौँ : नेपालमा थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार १४ जना संक्रमित मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १७५ संक्रमित थपिएका छन् ।

सोही अवधिमा ८ हजार ७२३ जनाले कोरोनालाई जितेका छन् ।

२०७८ माघ २०, बिहीबार १७:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय