
महोत्तरी : महोत्तरीको बर्दिबासमा जनमत पार्टीका ६ कार्यकर्ता पक्राउ परेका छन् ।
आफूहरूका माग पूरा नभएको भन्दै बिहीबार चक्काजाममा उत्रिएका जनमत पार्टीका ६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतो, पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास–६ का विनोदकुमार महतो, बलवा नगरपालिका–६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका–१ का वीरेन्द्र महतो छन् ।
सरकारले किसानको माग नसुनेपछि आफूहरू चक्काजाम गरेको उनीहरूले बताएका छन् ।