काठमाडौं : भौतिक उपस्थितीसहित विद्यालय सञ्चालन गर्ने या नगर्ने विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल भइरहेको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए । उनले भने, ‘अहिले छलफल भइरहेको छ । छलफलले केहि निर्णय गर्ला । ’

बैठकमा शिक्षा मन्त्रालय, सीसीएमसी, प्याब्सन र अभिभावकका प्रतिनिधि सहभागी छन् ।

काठमाडौं उपत्यकाका केहि विद्यालयले सरकारको निर्णय अवज्ञा गर्दै भौतिक उपस्थितसहित पठनपाठन गराइरहेका छन् । कोरोना जोखिमलाई मध्येनजर गर्दै सरकारले भौतिक उपस्थितीमा पठनपाठन बन्द गर्ने र भर्चुअल पठनपाठन गर्ने निर्णय गरेको थियो ।


२०७८ माघ २१, शुक्रबार १५:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय