
काठमाडौँ : सीजी नेटले इन्टरनेट जडान गर्ने नयाँ उपभोक्तालाई ‘फ्री ट्रायल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताले सीजी नेट जडानमा १५ दिनको नि:शुल्क परीक्षण सुविधा पाउनेछन् । इन्टरनेट स्लो चल्ने गरेको गुनासो बढेका बेला सीजीले यस्तो अफर ल्याएको हो ।
यसबाट नयाँ प्रयोगकर्ताले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउादा कुनै शुल्क लाग्ने छैन । यसरी उपभोक्तालाई १५ दिनसम्मको निशुल्क परीक्षण अवधि दिने आफूहरु पहिलो सेवाप्रदायक कम्पनी भएको सीजी नेटले जनाएको छ ।
सीजी नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले प्रयोगकर्ताहरूले उच्च गतिको इन्टरनेट नि:शुल्क अनुभव गर्न पाउने बताए । उनका अनुसार राउटर, जडान र निक्षेप शुल्कको भुक्तानी नै नगरी उपभोक्ताले यो सुविधा प्रयोग गर्न पाउनेछन् ।
सीजी नेटले हाल ९ सय ९९ रुपैयाँ प्रति महिनामा १२० एमबीपीएसको उच्च गतिको इन्टरनेट र ६ सय ४९ रुपैयाँ प्रति महिनामा पचास एमबीपीएसको सुपर सस्तो प्याकेज प्रदान गर्दै आएको छ ।
न्युन शुल्कमा गुणस्तरीय र उच्च गतिको इन्टरनेट खोज्ने उपभोक्ताहरुको पहिलो रोजाइमा आफूहरु रहेको कम्पनीको दावी छ । सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिनेतर्फ ध्यान केन्द्रित गरिएको जनाएको छ ।