जनकपुरधाम :  सुजिता हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीको आदेश पल्टाउँदै मृतकका बुवा कामेश्वर पाण्डेलाई एक लाख धरौटीमा छोड्न आदेश गरेको छ । पुर्पक्षको लागि जिल्ला अदालत महोत्तरीले थुनामा पठाउन दिएको आदेशलाई उल्टाउँदै पुनरावेदन सुनुवाईको क्रममा उच्च अदालत जनकपुरले पाण्डेलाई १ लाख धरौटी तारेखमा छोड्न विहिवार आदेश दिएको हो ।

घटनाका मुख्य अभियुक्त मृतक सुजिता ठाकुरका देवर रुपेश ठाकुरलाई भने पुर्पक्षमै राख्न उच्च अदालतले आदेश दिएको हो । उच्च अदालतको ईजलास १ का मुख्य न्यायाधिश विनोद शर्मा र न्यायाधिश शकुन्तला घिमिरेको संयुक्त ईजलासले पाण्डेको हकमा धरौटीमा छाड्न तथा अन्यको हकमा जिल्ला अदालतकै आदेश सदर गरेको हो ।

गत श्रावण २६ गते महोत्तरी जिल्ला अदालतको न्यायाधिश मुकेश उपाध्यायको एकल ईजलासले मृतकका सुजिताका बुवा पिपरा गाउँपालिकाको रतौली निवासी कामेश्वर पाण्डे र लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका देवर रुपेश ठाकुरलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

त्यस्तै हत्या पछि शव व्यवस्थापनमा नाम जोडिएका भ्रमरपुरा निवासी ३७ वर्षिय ‘बण्ठा’ भनिने किशोरी मण्डल, सोहि स्थान वस्ने ३३ वर्षिय ‘मुल्ला’ भनिने आदम राईन, ३२ वर्षिय नथुनी मण्डल र जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका २४ कुटी पोखरी बसहिया वस्ने ५५ वर्षिय प्रमोद मण्डललाई एक/एक लाख रुपया धरौटीमा छोडिएको थियो । यता मृतकका नन्द भंगहा नगरपालिका १ कविलाशा घर भई जनकपुरमा वस्दै आएकी ३५ वर्षिया अञ्जु ठाकुर (चौधरी) लाई दश हजार धरौटीमा छोडिएको थियो ।

किन भयो हत्या

सुजिता दिनुहँजसो घरबाट बाहिर आउने-जाने र माग गरे बमोजिम पैसा नदिदा दिनहुँ झै-झगडा हुने समस्याका कारण आजित भएर परिवारकै मिलोमत्तोमा हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । घरपरिवारको प्रतिष्ठामा आँच आउने, पटक-पटक गरेको सम्झाउँदा नसम्झने तथा बाहिर जान आउन पटक-पटक पैसाको लागि ताकेता गर्ने, पैसा नदिदा दिनहुँ परिवारका सदस्यहरुसंग झै-झगडा गर्ने समस्याले आजित भएर हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

sujata_nepalvani

गत जेष्ठ २० गते देवर रुपेश ठाकुर सहित परिवारका सदस्यहरुको संलग्नतामा सुजिताकै कोठामा मुक्कै मुक्काको प्रहार गरी घरको भित्तामा टाउँको ठोकाई बेहोश भएपछि घाँटी थिचेर हत्या गरेको खुलेको थियो । हत्या पश्चात् नन्द अजु ठाकुर (चौधरी)लाई फोन गरेर योजना अनुरुप काम सम्पन्न भएको भनी फोन मार्फत जानकारी गराएको अनुसन्धानबाट खुलेको थियो ।

सुजिता हत्या पश्चात शव खेतमा गाडेर गन्हाउन थालेपछि शवलाई स्थानान्तरण गरेको थियो । मान्छेहरु खोजतलास गर्न थालेपछि र समय वित्दै जानुले शव गन्हाउनु र प्रहरीको सक्रियतामा शव खोजविन हुनुलु अतालिएर जेष्ठ २९ गते उत्खनन गरी शव स्थानान्तरण गरिएको थियो । शवलाई खनेर खेतबाट ५ सय मिटरको दुरीमा रहेको पेट्रोल पम्पकोे छेउँमा काठको गोदामको ९ फिटको सेफटि टयाङकमा गाडेर प्लाष्टर ढलाई गरि घटना लुकाउन खोजेको काठको गोलिया बाहिरबाट राखेको थियो ।

गत जेष्ठ १३ गते प्रहरी चौकी भ्रमरपुरा, मृतकका भाई शिवम पाण्डे र समाजिक अभियन्ता गुञ्जा रायको सक्रियतामा उनकै खेतबाट शवका अवशेषहरु बरामद भएको थियो । सोही अवशेषको आधारमा अनुसन्धान हुँदा शव लुकाईएको स्थानसम्म प्रहरी पुग्न सफल भएको थियो ।

उच्च अदालतको आदेश स्वागत योग्य

सुजिता हत्याकाण्डमा सुरुकै समय देखि पिडितको न्यायको लागि आवाज उठाउदै आएकी महिला अधिकारर्मी गुञ्जा रायले उच्च अदालतको आदेश सराहनीय रहेको बताईन् । उनले कुनै पनि बुवाले आफ्नो सन्तानले जतिसुकै गल्ति गरेपनि उसलाई सपार्न खोज्ने तर मार्न वा मार्न आदेश दिन नसक्ने तर्क गर्छिन् । उनले प्रहरीले अदालतमा पेश गरेको कुनै पनि अडियो क्लिपमा उनले छोरीको हत्या गरिदेउ भन्ने शब्द उच्चारण नगरेपनि जिल्ला अदालतबाट उनलाई पुर्पक्षमा पठाइएको प्रति आवाज उठाउँदै आएकी थिईन् ।

उनले अगाडीको दिनमा पनि यस मुद्दामा अदालतले गर्ने फैसलाले निर्दोषलाई न्याय र दोषीलाई सजाय दिने छ र अदालतको गरिमा अझै वढ्नेमा आफु विश्वस्त रहेको बताईन ।

उनले प्रहरीले गरेको पत्रकार सम्मेलन पछि छोरीको बुवाले हत्या गराएको लगायतका शिर्षकहरुमा टिप्पनी गर्दै सञ्चारकर्मीहरुलाई कामेश्वर पाण्डे र मृतकका देवर रुपेश ठाकुर विचको सवै अडियो क्लिप ध्यान पुर्वक सुन्न र सो सुनेर मात्र यस्ता शिर्षक सुहाउने वा नसुहाउने निणर्य गरि समाचार लेख्न संचारकर्मीहरुलाई आग्रह गरिन ।

यो पनि पढ्नुहोस् !

सुजिताको पहिलो हत्या योजना विफल पछि दोश्रो पटकमा हत्या

सुजिता ह’त्या प्रकरण : महोत्तरी प्रहरीद्वारा घटनामा संलग्न ४ जना सार्वजनिक

सुजिताको श’व शौचालयको हदमा भेटियो, दाइजोको कारण नै ह’त्या

२०७८ माघ २४, सोमबार ११:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय