
राजविराज : सप्तरी र सुनसरी जिल्लाको बिचमा पर्ने सप्तकोशी नदीमा ३० हजार माछाका भुरा आज छाडिएको छ ।
प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा मकवानपुरको आयोजनामा कोशी नदीमा रहु र नैनी जातका ३० हजार माछाका भुरा कोशी नदीमा छाडिएको हो ।
माछाका भुरा छाडने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षका वाडैन रामचन्द्र खतिवडाले कोशी नदीमा पर्दषणले गर्दा माछाको कमी भएको कारण यहाँ माछाका भुरा छाडिएको बताए ।
उनले कोशी नदीमा माछा छाडेकाले जलासयहरुको स्तरबिद्ध र माछा मार्ने मलाह समुदायको आर्यआर्जनका हितमा राम्रो काम भएको बताए ।
साना माछा मार्ने काम गरेमा माछाको बिद्र्धबिकास हुनमा समस्या हुनेृ बताउदै कोशी नदीमा कोशी टप्पु वन्यजन्तुको अगुवाइमा यसअघि २० वटा घडियाल गोही समेत छाडिएको उनले बताए । साथै उनले माछा र घडियाल गोहीको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन ।
जलिय जैबिक बिविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रीत समुदायको आय स्तर अभिबृद्धिका लागि स्थानिय जातको माछा नदीमा छाडिएको प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडाका कार्यालय प्रमुख सरोज कुमार यादवले बताए ।
खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर विकासका लागि आफुहरुले यो कार्यक्रम गरेको कार्यालय प्रमुख यादवको भनाई छ ।
आफुहरुको मेची देखी महाकाली सम्म कार्यक्षेत्र रहेको र नदी नालाको अध्यान गरी कुन माछा संकटमा छ त्यसको आधारमा माछालाई प्रर्वद्दन गर्न माछा भुरा छाँडिदै आएको उनले बताए ।
नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेटिक टन माछा मध्य २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने यादवले बताए । प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको समेत उनले बताए ।
कार्यालय प्रमुख यादवले भने जलाहारी बोटे लगायतका समुदायको आय स्थर विकास गर्न र नदीनालाबाट माछा मारेर जिवन निर्वाह गर्ने समुदायको हितका लागी यो कार्यक्रम संचालन गरिएको र यसले पानीमा आश्रित गोही लगाएतका जनावरलाई समेत फाईदा पुग्ने उनको भनाई छ ।
कोशी नदीमा माछाको भुरा छाडने कार्यक्रममा हनुमानगर कंकालिनी नगरपालिकाका उपमेयर सरिता यादव,मत्स बिकास केन्द्र फतेपुरका प्रमुख भुपनारायण मंडल, पत्रकार भुपदेव माली र राससका समाचारदाता अरुण कुमार यादव लगायत स्थानियबासी भरभलाआदमी लगायतका उपस्थित रहेको थियो ।
प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा कार्यालयले अघि नारायणी नदीमा ४० हजार भुरा छोडेको थियो भने मकवानपुरको सामारी नदीमा पनी ३४ हजार माछाका भुरा छाडेका थिए ।