नेपालवाणी संवाददाता,

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगर स्थित ब्रहमदेव महतोको घरमा बुधबार राति आगलागी भएको छ ।

माटोले बनेको खरको छाना भएको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा साढे आठ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी चौकी चौलिखाका असय मोहमद सद्रे आलमले जनाएको छ ।

आगलागीबाट एउटा भैसी र एउटा राँगो जलेर मृत्यु भएको छ, त्यस्तै घर, साइकल, घाँस काट्ने मेसिन र अन्य समानसहित साढे लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बुधबार राति करिब साढे ११ बजे सुरु भएको आगलागी स्थानिय र सशसत्र प्रहरी बल, नेपाल सुरक्षा वेश क्याम्प पशुपतिनगरको सहयोगमा साढे १२ बजे तिर पुर्ण रुपमा आगो नियन्त्रणमा आएको स्थानीयले जानकारी दिएको छ ।

news 1

२०७८ माघ २७, बिहीबार १४:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय