
जनकपुरधाम : जन्माएर ७ महिना सम्म पालणपोषण गरेको ७ महिने बालक एकाएक हराएर पन्द्रह घण्टापछि हराएको बच्चा काँखमा राख्न पाउँदा रसिदा खातुनको सिमा नै रहेन् । छोरीसंग खेल्दाखेल्दै एकाएक हराएको बच्चालाई काँखमा लिएर स्तनपान गराउँदै रसिदा खातुनले रातभरी आफ्नो बच्चा खोज्दै रोईकराई गरेको पिडा विर्सदे प्रयास गर्दै थिईन् ।
९ महिना कोखमा राखेर हुर्किएको छोरा एकाएक हराएपछि उनको होस् हवास हराएको थियो । घरबाट खेल्न गएको छोराछोरी मध्ये छोरीलाई कुरकुरे किन्न पठाएर छोरा लिएर वेपत्ता भएको १५ घण्टा पछि खातुन खुशी हुन पाएकी हुन् ।
‘म घरमै राईकराई मेरो छोरालाई ल्याईदेऊ भन्दै थिएँ, श्रीमानले अचानक आएर बच्चा भेटियो, जिल्ला प्रहरी कार्यालयमा छ, जाउँ भेट्न भन्नुभयो, सुरुमा त मैले विश्वास नै गरिन,’ खुशी हुँदै भनिन्, ‘अरुले जे भने पनि मलाई चाहिँ मेरो बच्चा ढिलो चाँडो मैले पाउँछु भन्ने आशा थियो, म यति धेरै खुशी छु कि यो खुशी व्यक्त गर्ने शब्द नै छैन ।’ खुशीका आशु बगाउँदै उनले भनिन, ‘प्रहरी सरहरुले गर्नुभएको सहयोगले आज मेरो बच्चा भेटियो, वहाँहरु मेरो लागि भगवान भएर आउनु भो । मेरो काखे बालक हराएको बेलादेखि मेरो मनमा अशान्ति भैरहेको थियो । तर धन्य अल्लाह मेरो बच्चा प्रहरी सरहरुले खोजेर ल्याईदिनु भो !’
जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा विहिवार ७ महिने बालकको बुवा अमिर राईन, छोरी एलिजा खातुन, बच्चा मो. अख्तर राईन सहित उपस्थित भएकी रसिदाले छोरा भेट्टिएकोमा खुशी व्यक्त गर्दै छोरा चोर्ने विरुद्ध कडाभन्दा कडा कारवाहीको भाग गरिन् ।
जनकपुरधाम उप-महानगरपालिका ६ महाराजसागर पाखेरी छेउमा बुधवार साँझ ६ वर्षिय एलिजा खातुन र उनका भाई ७ महिने बालक.मो. अख्तर राईन खेलीरहेको बेलामा कुरेकुरेको बहानामा एलिजालाई ५० रुपैयाँ दिई पसल पठाई बच्चा लिएर भागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरेको भनाई छ । रजौरेले पत्रकार सम्मेलनमा अभियुक्त सार्वजनिक गर्दै भने, ‘ हिजो साँझ साढे ६ बजे हामीलाई सूचना प्राप्त भयो, त्यहीबेला देखि प्रहरी निरिक्षक विक्रम साहको नेतृत्वमा टोली खटायौं । म स्वयंम पनि घटनाको सुक्ष्म अनुसन्धानमा लागे ।
रातो र पहलो रंगको हुलाया भएकी महिलाको खोजतलास गर्ने क्रममा रातभरी हाम्रो टोलीले खोज्यो तर भेटाएन ।’
खोजतलासकै क्रममा जनकपुरधाम उप-महानगरपालिकाको ११ बेङ्गाशिवपुर पिपराढीमा साढे ८ बजेको समयमा हाँस तथा भैंसी फर्म पछाडिको खेतमा सोही हुलीया भएको महिलालाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । प्रहरीको अनुसन्धानबाट पक्राउ परेकी धनुषाको गणेशमान चारनाथ नगरपालिका १० डुमरिया ३५ वर्षिय मनिषा देवी मुखियाले आफ्नो बच्चा अर्कैलाई दिएर अरुको बच्चा लिएर भागेको प्रहरी उपरिक्षक बसन्त रजौरेले बताए ।
उनले भने, ‘अभियुक्तसंग भेटिएको अर्को बच्चा समेत मनिषाको होईन, हामी यो तर्फपनि अनुसन्धानलाई अगाडी बढाएका छौं, तर अहिले नै सबै भन्नुपर्ने स्थिति छैन् । अनुसन्धान हुदैछ मनिषाले आफ्नो बच्चा भनिएको बच्चालाई अर्कै किरण रामसंग पठाउनु र अर्को बच्चा चोरी गर्नुको पछाडि अरु कारण पनि हुन सक्छ, यो त्यो खोज्दैछौ । अनुसन्धान हुदैछ । अहिलेलाई यति राखौं ।’
बच्चा अपहरणमा तीन पक्राउ
बच्चा अपहरणको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका १० डुमरियाका अन्दाजी ३०/३५ वर्षिय मनिषा देवी मुखिया, धनुषाको औरही गाउँपालिका १ पौडेश्वर घर भई हाल जनकपुर ८ स्थित डेरा लिई बस्ने २० वर्षिय किरण राम र महोत्तरी लोहरपट्टी नगरपालिका ४ घर भई हाल जनकपुर ७ स्थित भ्रमरपुराचोक डेरा गरी बस्ने २२ वर्षिय कृष्ण कुमार यादव रहेका छन् ।
मुखियाले घटनामा मुख्य बच्चा लिएर भागेको तथा अन्य दुई जना राम र यादवले सहयोगीको भुमिका निर्वाह गरेको प्रहरीको भनाई छ । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट अपहरण मुद्दामा म्याद थप गरी थप अनुसन्धानका लागि राखिएको प्रहरी प्रमुख एसपी रजौरेले बताए ।
हराएको ७ महिने बालक मो. अख्खतर राईन सहित आमा रसिदा बुवा अमिर र छोरी एलिजा खातुन जिल्ला प्रहरी कार्यालयमा )
(७ महिने बालक चोरीको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको अभियुक्त : गोविन्द महतो )
यो भिडियो हेर्नुहोस् !