
झापा : झापाको मेचीनगर-१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ ।
मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा शनिबार बिहान ५ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ ।
बिजुली सट भएर आगो लागेको प्रहरीले आशंका गरेको छ । भद्रपुर, बिर्तामोडलगायतका पालिकाका दमकलले आगो निभाउने प्रयास गर्दैछन् । बिग्रिएर थन्किएका कारण मेचीनगरको दमकल भने छैन ।
इलाम, मोरङ र सुनसरीबाट पनि दमकल आउँदै गरेको प्रहरीले जनाएको छ । आगलागीबाट के-कति क्षति भयो विस्तृत विवरण आउन बाँकी छ ।