दैलेख : दैलेखको महाबु गाउँपालिका–४ फागुमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

सदरमुकाम नारायण नगरपालिकादेखि महाबु गाउँपालिकाको कासिकाँध जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो मंगलबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, दैलेखले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले दुर्घटनामा मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ४० वर्षीय रामबहादुर हमाल रहेको जानकारी दिए। दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ।

२०७८ फाल्गुन ४, बुधबार ०६:३३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय