मुकेश कुमार यादब ,

सिरहा :  सिरहाबाट प्रहरीले नेकपा क्रान्तिकारी माओवादीको केन्द्रिय सदस्य सहित १० जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसिसिको बिरोधमा राजमार्ग बन्द गराउन निस्केका १० जना बन्दकर्तालाई गोलबजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य रामनारायण सिंह,मधेश प्रदेश संयोजक तथा जिल्ला सेकरेटरी संजय सिंह, शम्भु साह , रन्जित साह,विष्णुलाल सिंह,राम किशोर दास , विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला संयोजक राजु वि.क.,उचित महरा,भतm बहादुर कार्कि र क. क्रान्ति रहेको छ ।

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी , विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रीक मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।

२०७८ फाल्गुन ४, बुधबार १५:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय