पोखरा : आइतबार पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक अवरुद्ध भएको थियो । पोखराको न्युरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले छपक्कै छोपेको थियो ।

गुडिरहेका बसहरु रोकिएका थिए, बाटो हिँडिरहेका मान्छेहरू ओत बसेका थिए । सडकमा व्यापार गरेर बसेका मानिसहरू बिचल्लीमा परेका छन् । बिहानैदेखि मौसम अँध्यारो भए पनि यति धेरै असिना पानी आउने आँकलन नभएकाले पोखराका बजार क्षेत्र अवरुद्ध भएको हो । असिनाले जनजीवन साथै व्यापार व्यवसाय प्रभावित भएको छ ।

बाटोमा असिनाका थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको छ ।

RK-Pokhara-Asinapanie

अचानक परेको असिना पानीका कारण थुपै सवार बाटोमै रोकिएका थिए । त्यस क्षेत्रमा चार इन्चदेखि एक फुटसम्म असिना जमेको थियो । यसरी असिना परेको पहिलो पटक भएको स्थानीय थम्मन ठकुरीले वताउनु भयो । असिना पानीले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा क्षति पुगेको छ । असिना पानीले अवरुद्ध मानिसहरु बाटोमै अलपत्र परेका थिए ।

RK-Pokhara-Asinapanie

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताए । उनले बेमौसमी तरकारी यसले ठूलो क्षति पुर्‍याएको बताए ।

RK-Pokhara-Asinapanic

‘पोखराको हेम्जा र मालेपाटन लगायतका विभिन्न तरकारी खेती हुने क्षेत्रमा हसिनाले व्यापक क्षति पुर्‍याएको छ । यसको यकिन भने फिल्डमा पुगेर नहेरी र किसानसँग जानकारी नदिई यति नै क्षति भयो भन्न सकिन्न । तर, व्यापक क्षति पुर्‍याएको छ’, उनको भनाइ छ ।

RK-Pokhara-Asinapanid

आलु, रायोलगायतका तरकारी बाली लगाएको जमिनमा केको खेती थियो भन्ने नै नदेखिनेगरी असिनाको खात लागेको देखिन्छ । असिनाका कारण चारपांग्रे सवारी साधन समेत चल्न नसक्ने अवस्था आएको देखिएको छ ।

RK-Pokhara-Asinapanii

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरालगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परिरहेको मौसमविद्हरुले बताएका छन । अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

RK-Pokhara-Asinapanif

RK-Pokhara-Asinapanif

RK-Pokhara-Asinapanid

२०७८ फाल्गुन ८, आईतवार १९:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय