काठमाडौं : हेल्प मधेशी मलेसियाको जोहर शाखाद्वारा अति बिपन्न परीवारलाई आर्थिक सहयोग गरिएको छ।

मधेस प्रदेश स्थित धनुषा जिल्लाको औरही गा.पा.वाडा नं-३ कटौल टोलका सिताराम सहनिको परीवारलाई मिति २०७८ फाल्गुन ६ गते शुक्रबार को दिन हेल्प मधेशी मलेसिया जोहरबारु दलानद्वारा रु-१७१५१/- (सत्र हजार एक सय एकावन मात्र) आर्थिक सहयोग गरिएको छ।

सहनीको परीवारमा श्रीमती ,छोरी र सहनी आफै गरि जम्मा तीन जनाको परीवार छ जसमध्ये छोरी र श्रीमती अपाङ्ग छन र सहनी आफै चाहिँ अन्धो छ।सम्पत्तिको नाम बस्ने एउटा स्यानो टहरो मात्र छ।घरमा कामाउने कोहि नभएका कारणले निकै कष्ट्पुर्ण जीवन यापन गरिरहेका छन।यस परीवारको समस्याबारे जानकारी प्राप्त भएपछी हेल्प मधेशी मलेसियाको जोहरबारु दलानद्वारा आर्थिक सहयोग गरिएको छ।

हेल्प मधेशी नेपालको केन्द्रिय अध्यक्ष राम उदगार यादव,हेल्प मधेशी कत्तार च्याप्टरका वरिष्ठ उपाध्यक्ष विशेश्वर यादव,सचिव प्रदीप ठाकुर,हेल्प मधेशी नेपालका सेवक अशोक गुप्ता,समाजिक अभियन्ता मनिष सहनी ,रकि सिंह कुशवाहा र स्थानिय बुद्धिजिबि पीडित सहनिको घरमै पुगि नगद रु-१७१५१/- सहनीलाई हस्तान्तरण गरिएको थियो। पीडित ले यश हेल्प मधेसी मलेशिया जोहर शाखाले सहयोग गरेको हार्दिक धन्यवाद दिदै आभर प्रकट गरे ।

२०७८ फाल्गुन ९, सोमबार १५:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय