काठमाडौं : काठमाडौको मध्यबानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनमा अपराध गरेर नेपालमा बसिरहेका चिनिया नागरिकलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको भएपनि अहिलेसम्म केही जानकारी गराएको छैन । प्रहरी स्रोतका अनुसार उनीहरूसँग एक जना नेपाली पनि पक्राउ परेका छन् ।
पक्राउ परेका नेपाली उनीहरूको सहयोगी भएको प्रहरीको दावी छ । यसअघि पनि नेपालबाट तीन सयभन्दा बढी चिनिया नागरिक पक्राउ गरेको थियो । ती नागरिकलाई नेपालले प्रकृया पुर्याएर डिपोर्ट गरेको थियो ।