काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भारतको सहयोगमा निर्माण भएको धर्मशाला छिटै फिर्ता ल्याउने बताएका छन्।

महाशिवरात्री पर्व २०७८ को तयारीका बिषयमा पशुपति क्षेत्र बिकास कोषले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अदालतले समेत बाटो खोलिदिएकाले अव छिटै धर्मशाला फिर्ता ल्याउने बताएका हुन् । मन्त्री आलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रकम दिएर निर्माण गरेको धर्मशाला विगतका प्रतिनिधिले बेच्ने काम गरेको भन्दै अव त्यस्तो काम हुन नदिने स्पष्ट पारे । धर्मशाला भइदिएको भए भारतबाट आएका साधु–सन्त तथा बृद्धबृद्धा बस्न पाउने भएपनि अहिले त्यस्तो हुन नसकेको उनको भनाई छ । उनले यस बर्षको महाशिवरात्रीलाई भव्य र सव्य बनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिए।

पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले यस बर्ष महाशिवरात्रीमा करिव १० लाखले पशुपतिनाथको दर्शन गर्ने र करिव सवा करोड खर्च हुने अनुमान गरिएको बताए। त्यस्तै सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी तैनाथ हुने जानकारी दिए।

महाशिवरात्रीमा गाँजालगायतका लागुपदार्थलाई विशेष कडाइ गरिने र सोही दिन विद्युतीय शव दाह, किरियापुत्री क्षेत्र सञ्चालनमा भने कुनै वाधा नपुग्ने कोषले जनाएको छ । महाशिवरात्री पर्वलाई सम्पन्न गर्न २५१ सदस्यीय मूल समारोह समिति र बिभिन्न १० उपसमिति गठन गरिएको पनि कोषले जनाएको छ ।

२०७८ फाल्गुन १०, मंगलवार १९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय