एजेन्सी : युक्रेनी सैन्यबल र दोनेत्स्क जनगणतन्त्रका सैनिकहरूबीच भयंकर लडाइँ चलिरहेको उक्त क्षेत्रका मिलिसिया प्रमुखले बिहीवार बिहान घोषणा गरेका छन् ।
एक बयान जारी गरेर एडुआर्ड बासुरिनले बताए, ‘दोनेत्स्क जनगणतन्त्रका सशस्त्र बलहरूले लाइन अफ कन्ट्याक्टमा युक्रेनी सेनाका विभिन्न पोजिसनमा आक्रमण गरिरहेका छन् । आफूसँग उपलब्ध सबै विनाशकारी हतियार उनीहरूले उपयोग गरेका छन् ।’
बिहीवार बिहानै रुसको रक्षा मन्त्रालयले युक्रेनका विभिन्न स्थानमा रहेका जंगी अड्डामा आक्रमण गर्न थालेको घोषणा गरेको थियो । युक्रेनका ठूला शहरहरूमा विस्फोटका आवाज सुनिएका छन् ।