सर्लाही : सर्लाहीको हरिपुर नगरपालिका–८, ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

२०७८ फाल्गुन १३, शुक्रबार १०:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय