जनकपुरधाम : धनुषा प्रहरीले जबरजस्ती करणी आरोपमा पक्राउ गरेको जनकपुधाम उपमहानगरपालिका–४का सोनुकुमार भगत निर्दोष रहेको उनकी श्रीमति रुबीदेवी भगतले दाबी गरेकी छिन् ।

जनकपुरधाममा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी रुबी भगतले भनिन्,‘प्रहरीले उनलाई ११ गते पक्राउ ग¥यो र उनीमाथि १० गत्ते करणी गरेको आरोप लगाइएको छ , जबकी त्यो दिन मेरो श्रीमान् वीरगञ्ज गएका थिए ।

’ जउनपा–५मा समेत पुस्तैनी घर रहेको र सोही टोलका २१-२२ वर्षीया एक महिलाले केही व्यक्तिको प्रलोभनमा परी झुठा मुद्दा दिन लगाइ सोनुलाई फँसाउने षड्यन्त्र गरिरहेको रुबीले आरोप लगाइन् । उनले भनिन्,‘ विगतदेखि नै विभिन्न बहानामा केही व्यक्तिहरुले पटक पटक दुःख दिने गरेकोले पुस्तैनी घर समेत छाडेर जउनपा–४मा बस्न बाध्य भएका थियौं ।

उनीहरुले जानकी मन्दिर नजिक रहेको करोडौंको जग्गा हतियाउने दाउमा समेत मेरो श्रीमान्लाई फँसाउनकै लागि पक्राउ गर्न लगाएको हो।’ त्यसै गरी प्रहरीले पक्राउ गरेपछि केही व्यक्तिहरुले १० लाख रुपियाँको माग गर्दै श्रीमान् लाई रिहा गराउने धम्की समेत दिएको उनले बताइन् । यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जितेन्द्र बस्नेतले घटनाबारे अनुसन्धान जारी रहेकोले अहिले केही पनि भन्न नसकिने बताए ।

२०७८ फाल्गुन १६, सोमबार ०८:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय