
काठमाडौं : काठमाडौँको नयाँ बानेश्वरमा कुकर बम फेला परेको छ । संघीय संसद भवन रहेको बिआईसीसीको गेट नम्बर १ अगाडि कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बम निष्क्रिय बनाउन नेपाली सेना घटनास्थलमा पुगेको छ ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा छ वटा कम्युनिष्ट संगठन र दुई वटा मोर्चाले आज नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले बम राखेर हिँडेको प्रहरीले बताएको छ ।