
काठमाडौं : यही फागुन १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानले भाषाविद् र कानुन व्यवसायीहरूलाई आमन्त्रण गरेर सवारी साधनमा अङ्ग्रेजी वर्णको नम्बर प्लेटको प्रयोगबारे सरकारको निर्णयलाई पुनर्विचार कसरी गराउन सकिन्छ भनेर छलफलको आयोजना गर्यो ।
यस छलफलका दुई उद्देश्य थिए– पहिलो सवारी साधनमा प्रयोग हुने नम्बर प्लेटमा अङ्ग्रेजी वर्णको मात्र प्रयोगले नेपाली भाषामा कस्तो खालको दूरगामी असर पार्छ ? दोस्रो संवैधानिक इजलासले नै फैसला गरेको निर्णयको विकल्प अब के हुन्छ भन्ने ?
कार्यक्रममा सहभागी अधिकांश वक्ताले नेपाली भाषा राष्ट्रिय भाषा भएकाले नेपाली नै प्रयोग गर्नुपर्ने र उक्त निर्णय आम नेपालीहरूको मर्म र भावनाविपरीत रहेको धारणा राखेका थिए ।