महोत्तरी :  मिथिला माध्यमिकी परिक्रमा यात्रारत एक तीर्थालुको मृत्यु भएको छ ।

महोत्तरीको मट्टीहानीमा नुहाउने क्रममा एक्कासी बेहोस भएकी तीर्थयात्री प्रमिलादेवी साहको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी भारतको बिहार मधुबनी जिल्लास्थित बासोपाट्टीकी निवासी रहेको आफन्तले बताएको

जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार मात्र मिथिला परिक्रमा सहभागी भक्तजनको टोली मट्टीहानी आइपुगेको थियो । आज पाँचौं दिन तीर्थालुको ठूलो समूह मट्टीहानीबाट जलेश्वर प्रस्थान गरेको छ । आज जलेश्वरमा बास बसेर भोलि उनीहरू मडई जाने छन् ।

तीर्थालुहरूको व्यवस्थापनलाई ध्यानमा राखी आज जलेश्वरमा सार्वजनिक बिदासमेत दिइएको छ । File Photo


२०७८ फाल्गुन २३, सोमबार १५:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय