पोखरा : सत्तारुढ जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित चार सय बढी नेता-कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमबीच पोखरामा मंगलबार स्वागत गरेका छन् । एमाले प्रवेश गरेकाहरूमा जसपाका नौं जना केन्द्रीय सदस्य छन् । त्यस्तै प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भ्रातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यसहित ४ सय जना एमालेमा प्रवेश गरेका हुन् ।

सुवेदी र नेपालीसहित संविधानसभा सदस्य थिए । कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा र पर्वत जिल्ला अध्यक्ष नवीन पुन एमाले प्रवेश गरेका छन् ।

‘सुखी नेपाली समृद्धि नेपाल बनाउन एमालेको विकल्प देखेनौं’, सुवेदीले भने, ‘राष्ट्रियताको रक्षा गर्न पनि एमाले नै अब्बल देखियो ।’ सुवेदीले सबल र सक्षम नेतृत्व केपी ओलीमा मात्रै रहेको पनि दावी गरेका छन् । एमाले प्रवेश गर्ने अभियानलाई देशैभर चलाएको सुवेदीले बताएका छन् ।


२०७८ फाल्गुन २४, मंगलवार १३:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय