हामी आफ्नो अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौँ । क्रिम, पाउडर आदि लगाएर सधैँ प्रयास सुन्दर गोरो र चम्किलो अनुहार बनाउने प्रयास पनि गर्छौं । तर, अनुहार चम्किलो र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन् । यी तरिका अपनाउँदा तपाईंको छाला प्राकृतिकरूपमै सुन्दर र चम्किलो बन्नेछ ।

-अनुहारमा निखारता ल्याउन कागतीको रस राम्रो मानिन्छ । कागतीको रसले अनुहारमा रहेको फोहोरलाई बाहिर निकाली छालालाई नरम बनाउँछ । यसका लागि नियमित कागतीको रस अनुहारमा लगाएर १० मिनेटसम्म राख्ने र चिसो पानीले सफा गर्नुपर्छ ।

-यदि, चर्को घामले गर्दा छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हाली अनुहार र छालामा लगाउनुहोस् । यसो गर्दा अनुहारमा रहेको कालोपन हट्छ ।

-अनुहारको छाला सुक्खा र खस्रो छ भने दूध र मह मिसाएर लगाएमा अनुहारको सुक्खापन हराउँदै जान्छ । यसका लागि एक चम्चा दूधमा एक चम्चा मह मिसाएर अनुहारमा लगाई हल्का मालिस गर्नुपर्दछ । मालिस गरेको १५ मिनेटपछि सफा गरेमा अनुहारको सुक्खापन हराउँदै जान्छ ।

-दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूधलाई मिसाउनुहोस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा चिल्लोपन पनि हट्छ ।

२०७८ फाल्गुन २४, मंगलवार १४:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय