
एजेन्सी : युक्रेनको राजधानी किभनजिकै युद्धको अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले बिहे गरेका छन् ।
बीबीसीका अनुसार सैनिक जाँचचौकीमा लेसिया इभाश्चेन्को र भ्यालेरी फिलिमोनोभको सैन्य शैलीमा विवाह भएको हो ।
किभका नगरप्रमुख तथा हेभीवेट बक्सिङका भूतपूर्व च्याम्पिअन भिटाली क्लिट्श्को पनि उक्त वैवाहिक कार्यक्रममा सहभागी भएका थिए ।