महोत्तरी : नेकपा माओवादीकेन्द्रका पाँच जना नेताहरुले दलत्यागको घोषणा गर्नु भएको छ । पार्टी नेतृत्वले एमसीसी सम्झौता संसद (प्रतिनिधिसभा) बाट पारित गराउन नेतृत्व गरेको घटनाप्रति असहमति जनाउँदै सो दलका जिल्ला संयोजक तुलसीप्रसाद ढुङ्गानासहित पाँच जनाले आज बुधबार संयुक्त विज्ञप्ती प्रसारित गर्दै दल त्याग गरेको घोषणा गर्नुभएको हो ।

दल त्यागको लिखित घोषणा गर्नु भएका पाँचै जनाले सञ्चारकर्मीसँगको कुराकानीमा यसको पुष्टि गर्नु भएको छ । दल त्याग गर्नेमा सो दलका मधेश प्रदेश सदस्य तथा बर्दिबास-३ का वडाअध्यक्ष राजनप्रसाद ढुङ्गाना, अर्का प्रदेश समिति सदस्य रामबहादुर राना, महिला नेतृ उर्मिला कार्की र नरबहादुर खनाल हुनुहुन्छ ।

यीमध्ये कार्की पार्टी समर्थित जनसङ्गठन अनेमसङ्घ (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पार्टीको बर्दिबास नगर समिति सदस्य हुनुहुन्छ । त्यसैगरी बर्दिबास-३ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाको व्यवस्थापन समितिका अध्यक्ष रहनुभएका खनाल पार्टीको वडा समिति अध्यक्ष हुनुहुन्छ ।

“हामीले महाधिवेशन र केन्द्रीय समिति निणर्यको खिल्ली उडाउँदै एमसीसी पास गर्ने नेतृत्वको दलमा रहनसक्ने ठानेनौं” प्रदेश समिति सदस्यसमेत रहनु भएका जिल्ला संयोजक तुलसीप्रसाद ढुङ्गानाले सञ्चारकर्मीको जिज्ञासामा भन्नुभयो, “त्यसैले दल त्यागको घोषणा गरेका हौं ।” यद्यपि आपूmहरु कम्युनिष्ट दर्शन र आन्दोलनबाट नअलग्गिएको पाँचै जनाले स्पष्ट पार्नुभयो ।

दल त्याग गर्ने पाँचै जना माओवादीकेन्द्रभित्र पूर्व जनमोर्चा पृष्ठभूमिका नेता हुनुहुन्छ । पाँचै जनाले स्वतन्त्र रुपमा दल त्याग गरेको बताउनु भए पनि महोत्तरीमा उहाँहरुको यो कदमलाई राजनीतिक विश्लेषकहरुले नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महोत्तरी-१ बाट प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलसम्मको सम्बन्ध हुनसक्ने लख काटेका छन् । दल त्याग गर्नेहरुबारे तत्कालै बिभिन्न कोणबाट प्रतिकृया बाक्लिएपनि उहाँहरुले अन्य कुनै दलमा गईहाल्न आपूmहरुको यो निणर्य नभएको प्रष्ट्याउनु भएको छ ।

“वाम राजनीतिमा हाम्रो वर्षौवर्षको लगाव छ, राजनीति छोड्ने वा आन्दोलनबाट विमुख हुने भन्ने कुरा होइन” पाँचमध्येका राजनप्रसाद ढुङ्गानाले भन्नुभयो, “तर अहिले नै कुनै दलसँगको आबद्धताबारे सोचेका छैनौं ।” स्थानीयतहको निर्वाचन घोषणा भएर तत्सम्बन्धी तयारी बढी रहेका बेला जिम्मेवार नेताहरुको दल त्याग घोषणाले पार्टी पङ्तिभित्र खल्लीबल्ली मच्चिएको छ ।


२०७८ फाल्गुन २५, बुधबार १३:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय