काठमाडौं : रुस–युक्रेन युद्धका कारण निरन्तर रुपमा वृद्धि हुँदै गएको सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुनको मूल्य बुधबार एकै दिन प्रतितोला २ हजार ५ रूपैयाँले बढेर १ लाख ५ हजार ५ सय रूपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।

रुस–युक्रेन युद्धका कारण विश्वका सुनमा लगानी सुरक्षित देखेर सुनमा लगानी बढेकाले सुनको मूल्य बढ्दै गएको छ । मंगलबार १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ । योभन्दा अगाडि ०७६ असोजमा १ लाख ३ हजार ५०० सम्म पुगेको थियो ।

त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि बढ्दै गएको छ । सोमबार १ हजार ४१० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बुधबार ४० रुपैयाँले बढेर १ हजार ४५० पुगेको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस एक दिनमा १३.७२ प्रतिशत अर्थात् २४८ डलरले बढेर २ हजार ५६ डलर पुगेको छ । युद्ध सुरु हुनुअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १८९० डलर प्रतिऔंस​ थियो ।

२०७८ फाल्गुन २५, बुधबार १९:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय