
महोत्तरी : मिथिला माध्यमिकी परिक्रमाको आज आठौं दिन (बिहीबार) महोत्तरीको कंचनवन प्रवेश गरेको छ ।
महोत्तरीको ध्रुबकुण्डमा रात्रि विश्राम बसेर मिथिला बिहारी र किशोरीजीको डोलासहित परिक्रमा यात्री बिहिबार बिहान कंचनवनको लागि प्रस्थान गरेको थियो ।
१५ दिवसीय परिक्रमाको महत्वपूर्ण विश्रामस्थल मध्ये एक हो कंचनवन हो । कंचनवनमा परिक्रमा यात्रीले घरको खाना खाने गर्छन् । घरमा खानेकुरा पकाएर आफन्तको लागि लिएर कंचनवन जाने गरेको परम्परा छ । यसअघि परिक्रमा यात्री महोत्तरीको बलवा नगरपालिका वडा नं. स्थित ध्रुवकुण्डमा रात्री विश्राम बसेका थिए ।
परिक्रमा यात्रीको लागि नगरपालिकाले निःशुल्क शिविर संचालन गरेको छ । वडा नं. १० ले परिक्रमा यात्रीको लागि निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क दाउरा वितरण, पराल वितरणसहित निःशुल्क खाजाको समेत व्यवस्था गरिएको छ।
धु्रवकुण्डमा परिक्रमा डोलाका लाग्ने गरेको भव्य मेलामा आफन्तलाई भेट्न नसकेका श्रद्धालुभक्तजनको लागि माइकिंगको व्यवस्था समेत गरिएको छ ।
परिक्रमा यात्रीलाई कुनै प्रकारको कठिनाई हुन नदिन ठाउँ ठाउँमा पराल वितरण गरिएको छ, उनले भने–खाना पकाउनको लागि दाउरा वितरण गरिएको छ ।’ चोटपटक लागेको, बिरामी परेको यात्रीहरुको लागि निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरणको व्यवस्था गरिएको छ।
शुक्रबार बिहानैदेखि परिक्रमा यात्रीको धु्रवकुण्ड पुग्ने क्रम सुरु भएको थियो । परिक्रमा यात्रीको स्वागतको लागि ठाउँ ठाउँमा स्वागतद्वार ठड् याएको छ । परिक्रमा यात्रीको सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
मडैबाट प्रस्थान गरेको मिथिला बिहारी र किशोरीजीको डोला शुक्रबार दिउँसो धु्रवकुण्ड आइपुगेका थिए । ध्रुवकुण्ड मन्दिरमा दर्शन पूजा गरेर परिक्रमा यात्रीहरु रात्री विश्राम गरेपछि शनिबार बिहान कंचनवनको लागि प्रस्थान गरेका छन् । File Photo