
जनकपुरधाम : १५ दिने मध्यमा मिथिला परिक्रमाका यात्रीहरु आज धनुषा जिल्लाको पर्वता आईपुगेका छन् । पर्वतामा महादेवको ऐतिहासिक मन्दिर रहेको छ ।
मिथिला विहारी अर्थात भगवान राम तथा किशोरी जी अर्थात माता जानकीको डोलासँगै हजारौँ तीथ यात्रीहरु खाली खुट्टा भजन कीर्तनसहित यात्रा गरी रहेका छन् ।
नेपाल भारतको साझा सांस्कृति तथा धार्मिक धरोहरको रुपमा रहेको १५ दिने मध्यमा मिथिला परिक्रमाका यात्रीहरु आज बिहान महोत्तरीको कन्चन वनबाट हिडेर पर्वता आईपुगेका हुन ।
उक्त ठाउँमा आज मेला लाग्ने गर्दछ । आज पर्वतामा बास बसेपछि परिक्रमा यात्री भोलि धनुषाधामका लागि प्रस्थान गर्नेछन् ।