काठमाडौं : नायक पल शाहका म्यानेजर भनिने कृष्ण जोशी तनहुँबाट पक्राउ परेका छन् । जोशीविरुद्द घटना दबाउन मतियार बनेको आरोप छ ।

शाह एक नाबालिगको किटानी जाहेरी पछि प्रहरी हिरासतमा छन् । केहि दिन अघि एक नाबालिक गायिकाले पल विरुद्द जबरजस्ती करणीको जाहेरी दिएकी थिईन् । फरार रहेका शाहले पाँच दिनपछि तनहुँ प्रहरीमा पुगि आत्मसमर्पण गरेका थिए ।

ति गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँसँगै जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व)मा पनि किटानी जाहेरी दिएकी थिईन् । दुई दिन अगाडी नवलपरासी (पुर्व) प्रहरीले पनि अनुसन्धानको लागि शाहलाई लगेको थियो ।

२०७८ फाल्गुन २८, शनिबार ०८:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय